![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231214_181620532.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
आज बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएपछि खाण सात महिनापछि छुट्नु हुनेछ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि सुनुवाइ आजका लागि सारिएको थियो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मङ्सिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ पर्नुभएको थियो ।