Aamsanchar

ह*त्या प्रकरणमा अभियुक्त रहेका सांसद काेइरीले पाए सफाइ

Author Image
बिहिवार, मंसिर २८, २०८०

महोत्तरी – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्।

त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेस प्रदेशका सभासद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले सोही १३(३) बमोजिम जन्मकैद सजाय भएको छ।

तत्कालीन मधेस दलका नेता एवं हाल प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जना उपर जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर