Aamsanchar

हल्दिवारी माविको ५१ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

Author Image
आइतवार, पौष १, २०८०

झापा- हल्दिवारी गाउँपालिका स्थित हल्दिवारी माविको ५१ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षता एवं कोशी प्रदेश सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब आज सम्पन्न भएको हो ।
सोही अवसरमा हल्दीवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवं हल्दिवारी माविका पुर्व विद्यार्थी मान बहादुर बन ले आफ्ना स्वर्गीय मातापिताको नाममा अक्षयकोषको स्थापन गर्नु भएको छ । स्वर्गीय मातापिता जगत बहादुर बन र नरमाया बनको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाको लागि विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाख्रिनलाई रकम हस्तान्तरण गर्नु भयो ।
उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकम प्रत्येक वर्ष मुटु, दम र स्वास प्रस्वास रोगबाट पीडित विद्यार्थीलाई प्रदान  गरिने बताईएको छ ।
सोही अवसरमा विद्यालयका पुर्व विद्यार्थी खगेन्द्र दाहालले आफ्ना मातापिता हरि प्रसाद दाहाल एवं पिङ्गलादेवी दाहालको स्मृतिमा समेत अक्षयकोषको स्थापना गर्नु भएको छ । स्वर्गीय हरि प्रसाद दाहाल हल्दिवारी माविका पुर्व शिक्षक समेत रहनु भएको थियोे । दाहाल दम्पतीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयले दुईजना सक्रिय अभिभावक, ६ जना शिक्षक साथै पुर्व शिक्षकहरू भिम बहादुर श्रेष्ठलाई विधालयमा पुर्याएको सहयोगको कदर गर्दै सम्मान गरेको छ भने हालै सेवाबाट अवकास प्राप्त गर्नु भएका शिक्षक सोम बहादुर तामाङ्गलाई बिदाई साथै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चुडाल , पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, विद्यालयका संस्थापक प्रध्यानाध्यापक नरेन्द्र कुमार कार्की, विधालयका प्रध्यानाध्यापक टंक पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सारदा चम्लागाईंले राख्नुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रध्यानाध्यापक तुलसी प्रसाद कोइरालाले गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)