Aamsanchar

१९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि बंगलादेशलाई, फाइनलमा यूएई १९५ रनले पराजित

Author Image
आइतवार, पौष १, २०८०

काठमाडौँ – १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ। बंगलादेश यो प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो।

बंगलादेशले घरेलु टोली यूएईलाई १९५ रनले सजिलै पराजित गर्दै यू(१९ एशिया कप विजेता बनेको हो। २८३ रनको विजयी लक्ष्य पछ्याएको यूएई २४ ओभर ५ बलमात्र खेलेर ८७ रनमै अल आउट भएपछि बंगलादेश यू(१९ एशिया कप विजेता बनेको हो।

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको घरेलु टोली यूएईले न त बलिङ न ब्याटिङमा नै कुनै उल्लेखनिय प्रदर्शन गर्न सक्यो। दोस्रो ब्याटिङ गरेको घरेलु टोलीका लागि अक्षत राय र ध्रुव पराशरबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।

अक्षतले २२ बल खेलेर ११ रन बनाए भने ध्रुवले अविजित रहँदै बनाएको २५ रन नै यूएईका लागि बनाएको व्यक्तिगत सर्वाधिक रन रह्यो। उनले ४० बल खेलेर २ चौका हान्दै २५ रन बनाए।

बाँकी सबै ब्याट्सम्यान ‘तिमी जाँदै गर‚ म पनि आउँदै छु’ शैलीमा आउट हुँदै पवेलियन फर्किएपछि यूएईले बंगलादेशसामु सहजै घुँडा टेकेको थियो।

बंगलादेशका लागि मरुफ मृधा र रोहन दुल्ला बोर्सनले ३र३ विकेट‚ इकबाल हुसेन र शेख परवेज जिबोनले २र२ विकेट लिए।

दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर घरेलु टोलीले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।

बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले शतकीय पारी खेल्दै सर्वाधिक १२९ रनको योगदान गरे। चौधरी मोहम्मद रिजवानले ६० तथा अरिफुल इस्लामले ५० रनको योगदान गरे। कप्तान महफुजुर रहमान रब्बीले २१ रन जोडे।

२८३ रनको लक्ष्य पाएको यूएईले जवाफी ब्याटिङ थालेको छ। सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई फाइनलमा पुगेको हो भने बंगलादेश भारतलाई हराउँदै फाइनलमा पुगेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर