Aamsanchar

अर्जेन्टिनामा आँधीका कारण १४ जनाको ज्यान गयाे

Author Image
सोमवार, पौष २, २०८०

अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।

एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ ।

मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर