![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231218_180057032.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
नयाँ दिल्ली – छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतको केरलमा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो। भारतको केरल राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ। संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
संक्रमण दर बढिरहे पनि केरलका स्वास्थ्यमन्त्री वीना जार्जले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएकी छन्। उनले स्थितिलाई सरकारले नियन्त्रणमा राखेको बताइन्। जेएन-१ भेरियन्टबाट केरलमा पहिलोपटक एक महिनाअघि एक ७९ वर्षीया महिला संक्रमित भएकी थिइन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 177