Aamsanchar

तामिलनाडुमा भारी वर्षा : रेल तथा उडान सेवा रद्द

Author Image
मङ्गलवार, पौष ३, २०८०

नयाँ दिल्ली – भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको अधिकारीहरूले सोमबार बताएका छन्। भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन्।

मौसम विज्ञान केन्द्रका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुनेछ। अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन्।

अहिलेसम्म सात हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ। बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ।

भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर