Aamsanchar

प्रधानमन्त्री उपस्थिति हुने माेरङकाे एक कार्यक्रममा प्रदेशका सांसद र मन्त्रीहरु नजाने

Author Image
शुक्रवार, पौष ६, २०८०

विराटनगर – मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन्।

आज मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर, कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका कुनै पनि सांसद प्रधानमन्त्री दाहाल उपस्थित हुने कार्यक्रममा सहभागी नगराउन ध्यान आकार्षण गराएका छन्।

पहिचान पक्षधरले कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेपछि सांसद र मन्त्री कायर्कक्रममा सहभागी नहुने माओवादी केन्द्रका सदस्य कुलप्रसाद साम्बाले जानकारी दिए।

बिहीबार मात्रै पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेशीलाई पहिचानपक्षधरले कालो झण्डा देखाएका थिए। मन्त्री उप्रेती क्रिसमस कार्यक्रममा सहभागी जनाउन केराबारी पुगेको थिए। सोही क्रममा उनलाई पहिचान पक्षधरले कालो झण्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर