Aamsanchar

मानव–हात्ती द्धन्द न्यूनिकरणका लागि बाहुनडाँगीमा पाँचदिने तालिम सुरु 

Author Image
शुक्रवार, पौष ६, २०८०

बिर्तामोड । मानव–हात्ती सहअस्तित्व कायम राखेर मानव हात्ती द्धन्द्ध न्यूनिकरणका लागि झापाको मेचीनगर–४ बाहुनडाँगीमा आजबाट इन्डो नेपाल क्षेत्रिय स्तरीय पाँच दिवसीय तालिम सुरु भएको छ ।
तालिममा नेपाल भारतमा मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्न गठन गरिएको र्यापिट रेसपोन्स टिम (आरआरटी) मा आवद्ध २९ जना युवाहरूले  तालिममा सहभागिता जनाएका छन् ।

तालिममा उज्यालो नेपालका रमेश थापा, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख डा। अशोक राम, नरेन्द्र प्रधान, डा। नरेश सुवेदी, अभियन्ता बाबुकृष्ण कार्की, शंकर क्षेत्रीलगायतले सहजीकरण गर्ने बताईएको छ ।
मेचीनगर नगरपालिकाको आयोजनामा आयोजित तालिमको उद्घाटन मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो भने संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

बर्दिया उज्यालो नेपालको पहल, इसिमोड संस्थाको आर्थिक सहयोगमा सुरु भएको तालिममा मेचीनगर ४ का वडाध्यक्ष कार्यक्रम सञ्चालक अर्जुन कार्कीले हाल सम्म हात्ती संरक्षणमा गरिएको कामहरूको विवरणहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मिना उप्रेती, भारत सरकार अन्तरगत ग्रामीण पर्यटन क्षेत्रमा काम गर्दै आएका राज वसु, डिभिजन वन कार्यालय झापाका प्रमुख, चारआली ब्यारेकका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आरआरटीका संयोजक सदेश  पौडेलले  स्वागत गरेका थिए ।

देशमै सबैभन्दा धेरै जंगली हात्तीको पीडा खेप्दै आएका झापा मेचीनगर स्थित बाहुनडाँगीका स्थानीहरू मानव–हात्ती सहअस्तित्व स्वीकार गर्दै हात्ती संरक्षण अभियानमा जुट्न थालेका छन् ।
हात्ती संरक्षण गरेर पनि मानवले आर्थिक उन्नति गर्न सकिने सम्भावनाहरू विज्ञहरूले बताउन थालेपछि बाहुनडाँगीमा मानव–हात्ती सहअस्तित्व कायम राख्नको लागि विगतका वर्षहरू देखि विभिन्न कार्यक्रमहरू बाहुनडाँगीमा आयोजना हुँदै आएको छ ।

हात्तीबाट बच्न सक्ने विभिन्न विधीहरुको बारेमा विज्ञहरूले सर्वसाधारणलाई सुसूचित गराउँदै आउने क्रममा आज सम्म आई पुग्दा सयौँ सर्वसाधारणहरू हात्ती संरक्षण गरेर पनि मानव र धनजनको रक्षा गर्ने उपायहरू खोज्न जुट्न थालेका छन् ।

मानवका लागि वर्ग शत्रु ठानिएको जंगली हात्तीलाई माया गरेर उसको पनि बाच्न पाउने अधिकार सुनिश्चित गर्नको लागि बाहुन्डागी वासीले खेल्न थालेको  भूमिकाका प्रदेश सरकारको लागि पनि एक रोलमोडल बन्न थालेको र मुख्य मन्त्री केदार कार्कीले मानव– हात्ती द्धन्द्ध न्यूनिकरणको लागि चासो राखेको वडाध्यक्ष कार्कीले बताए ।

सरकारले मानव–हात्ती सहअस्तित्व कायम राख्न विभिन्न तालिम र भौतिक संरचना निर्माणमा ध्यान दिन थालेको अवस्था छ ।

विशेष गरेर जंगली हात्तीको समस्या  भोग्दै आएको कोशी प्रदेशका जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरको हात्ती प्रभावित क्षेत्रहरूमा मानव–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि काम गर्दे आएका अभियन्ताहरूको पनि तालिम उद्घाटनमा उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बर्दिया उज्यालो नेपालले बाहुनडाँगीका ६ सय ५९ घरको लागि बिमा सेवा उपलब्ध गराएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर