Aamsanchar

पत्रकार महासंघ झापालाई व्यवसायी न्यौपानेले दिए ५० थान कुर्सी 

Author Image
शनिवार, पौष ७, २०८०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा कार्यालयका लागि बिर्तामोडका व्यवसायी राजु न्यौपानेले ५० थान प्लाष्टिकको कुर्सी सौजन्य प्रदान गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेले आज महासङ्घको कार्यालय बिर्तामोडमा उक्त कुर्सीहरू महासङ्घका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीले ५० थान कुर्सी प्रदान गरेकोमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई धन्यवाद ज्ञापन गरे । न्यौपानेले समाज परिवर्तनका लागि अहोरात्र खट्ने सञ्चारकर्मीको हितमा  सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पत्रकारहरूको छाता संस्था महासङ्घलाई आवश्यक सामग्री सहयोग गर्न अन्य दातालाई पनि आग्रह गरेका छन् ।

बिर्तामोड निवासी न्यौपाने तीन दशकदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

कुर्सी हस्तान्तरण कार्यक्रममा महासङ्घकी उपाध्यक्ष सुशीला संग्रौला, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, सञ्चारकर्मीहरू उद्धव पुरी, राजकुमार ओली, भरत प्रसाईँ, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता रहेको थियो ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)