Aamsanchar

रवि लामिछानेमाथि खोया प्रहार गर्ने पक्राउ

Author Image
शनिवार, पौष ७, २०८०

कास्की – पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसको खोया प्रहार गरेका प्रहरीले जनाएको छ।

लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको थियो। रानाभाटमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)