Aamsanchar

प्रहरी र मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच धकेलाधकेल

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाडौं – प्रहरी र मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक अवरुद्ध भएको छ ।

बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए । अहिलेभने साम्य भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर