Aamsanchar

नेप्लिज क्यानडियन स्पोर्ट्स काउन्सिलद्वारा नवआगन्तुकहरूलाई स्वागत तथा खेल क्षेत्रका छ जनालाई सम्मान 

Author Image
बिहिवार, पौष १२, २०८०

नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसिएससी) ले   क्यानाडा आएका विद्यार्थी र नवआगन्तुकहरूलाई स्वागत र  मिसिसागामा खेलकुदका क्षेत्रमा योगदान गरेका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

लामो समयदेखि क्यानडामा खेलकुदमा योगदान पुर्याएका क्रिकेट विधाबाट इमरान खान असगर ,तेन्जिङ भुटिया फुटबल, उत्तम केसी लाली गुराँस स्पोर्ट्स एन्ड कल्चर क्लबको पहलकर्ता  संस्थापक, चेतविक्रम शाही फुटबल, उत्तम श्रेष्ठले किड्स सकर तालिमको  प्रशंसा, धीरेन्द्र शाहीलाई सबै सामुदायिक संस्था र खेलकुद क्लबहरूको लागि इभेन्ट पार्टनरको भूमिका निर्वाह गरे वापत सम्मान गरिएको हो।

कार्यक्रममा सुपर क्यानडा नेपाल टिभीका गणेश खड्का, ग्लोबल क्यानडा टिभीका डा पूर्ण कँडेल र माउन्ट एभरेष्ट टेलिभिजनका बसन्त कार्की, एनआरएनएका उपाध्यक्ष तथा एनसीसीका निवर्तमान अध्यक्ष किरोज श्रेष्ठ, सामाजिक अभियन्ता ढुण्डीराज पाण्डे, सामाजिक अभियन्ता ध्रुव भट्टराई,  अमृत वस्तीहरूको सहभागी रहेको थियो।

कार्यक्रममा गायक सुरज कालाखेती, गायिका रीता बुर्लाकोटी र नर्तक मनोज विकको विषेश  प्रस्तुति पनि रहेको थियो ।

लाली गुराँस स्पोर्टस एन्ड कल्चर क्लब, ब्रामसागा युनाइटेड, नेपाली क्यानेडियन क्रिकेट क्लब, ब्रदरहुड एफसी, हिमालयन डायनामोज एफसी, नेपाली पिल एफसी र बुद्ध एफसीको सात वटा खेलकुद क्लबहरूको नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल ९एनसिएससी० ग्रेटर टोरन्टो एरिया ९जिटिए० का सात वटा खेलकुद क्लबहरूको नवगठित छाता संगठन हो।

ग्रान्ड मास्टर राजकुमार राइ ,कराते ग्रान्ड मास्टर सुरेन्द्रलाल श्रेष्ठ, राष्ट्रिय भलिबल खेलाडी भुपेन्द्र भण्डारी  , राष्ट्रिय क्रिकेट खेलाडी नरेश बहादुर बुढायर र महेश क्षेत्रीको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो ।

क्लबहरूलाई उनीहरूको खेलकुद गतिविधि र प्रतियोगितामा सहयोग गर्नुका साथै ति क्लबले गर्ने खेल गतिविधिका समय तालिकामा हुने द्वन्द्वबाट बच्नका लागि काउन्सिल गठन गरिएको  जनाएको छ।

यस किसिमको कार्यक्रमले पक्कै पनि खेलकुदलाई प्रोत्साहन गर्ने र हाम्रा युवाहरूमा विभिन्न खेलहरूप्रति गहिरो रुचि बढाउने विश्वास लिएको जानकारी लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रिजल अधिकारीले दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर