Aamsanchar

वीरता लेडी जेसीजमा निर्वाचन सरगर्मी उत्साहजनक, आज टुङ्गिएन अधिवेशन 

Author Image
शुक्रवार, पौष १३, २०८०

बिर्तामोड । नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था वीरता लेडी जेसीजको १९ औं  वार्षिक साधारणसभा तथा शाखा अधिवेशन स्थगित भएको छ ।

आज लेडी जेसीजको कार्यालयमा सुरु भएको साधारणसभाको खुला सत्रको कार्यक्रम सम्पन्न भएपछि लगत्तै सुरु भएको आधिवेशन भने निर्वाचन समितिले स्थगित गरेको हो ।

समय अभावको कारण र निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले विगतको वर्षहरू झै  सर्वसम्मतको प्रयास गर्ने  अपेक्षा गर्दै आजलाई निर्वाचन प्रक्रिया  स्थगित गरिएको निर्वाचन प्रमुख संगीता चिमरियाले जानकारी दिइन ।

कार्यसमितिमा  एक जना अध्यक्ष रहने विधान रहेको छ । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरूमा युनिता दवाडी, मेनुका ओली, सुमित्रा भट्टराई र झुमा भट्टराई चुडाल रहेका छन् ।

त्यसैगरी दुईजना कार्यकारिणी उपाध्यक्ष पदका लागि तिन जनाको उम्मेदवारी परेको छ । उक्त पदको लागि रोजिना पाण्डे (उमा), निशा शाक्य र दीपा शिवाकोटीले उम्मेदवारी दिएका छन् भने चार जना उपाध्यक्ष पद रहेको जेसीजमा सात जनाको उम्मेदवारी परेको छ । एलिना रिजाल ढकाल, अस्मिता राई, रेनुका महतो, तारादेवी बस्नेत, चन्द्रकला रिजाल, कोपिला देवी पोखरेल र दुर्गादेवी ओलीले उक्त पदमा उम्मेदवारी दिएका छन् ।

कार्यसमितिको सहसचिव पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ । मुना अधिकारीको उम्मेदवारी अर्को उममेदवार नभएका कारण सहसचिव पद सर्वसम्मत भएको छ । एकजना तालिम संयोजक पदका लागि प्रियंका उप्रेती र प्रभा रायमाझीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले टाँस गरेको उम्मेदवारको नामावली सूचनामा जनसम्पर्क अधिकारी र शाखा संयोजक पदमा कसैको पनि उम्मेदवारी परेको छैन ।

कार्यसमितिको महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पद नव निर्वाचित अध्यक्षले मनोनित गर्ने जेसीजको विधान रहेको छ ।

वीरता लेडी जेसीजको यस अघि सम्मको अधिवेशनहरूमा सर्वसम्मत रुपमा समिति पदाधिकारीहरू चयन हुँदै आएको थियो । यस पटक पनि सर्वसम्मत रूपमै सन् २०२४ को समिति पदाधिकारीहरू चयन गर्न लेडी जेसीजका पूर्व अध्यक्षहरु पनि प्रयासरत रहेको श्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर