Aamsanchar

सरकारका विभिन्न काण्डको विरोध गर्दै रास्वपाकाे प्रदर्शन

Author Image
आइतवार, पौष १५, २०८०

रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सरकारका विभिन्न काण्डको विरोध गर्दै रौतहटमा प्रदर्शन गरेको छ।

काठमाडौँको बालकुमारीमा भएको गोली काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेरामक्स घोटाला, वाइडबडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्डको विरोध गरेको हो।

सरकारले गरेका काण्डको नारा अंकित प्लेकार्डसहित आइतवार दिउँसो चन्द्रनिगाहपुरको मुख्य चोकमा एक घण्टा विरोध प्रदर्शन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो। सरकारको नालायकीपनको हद नाघेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर सभापति उदयनारायण सापकोटा ९सुरेन० ले बताए।

यस्ता किसिमका काण्डका बारेमा पार्टीले अब भण्डाफोर गर्दै जाने उनले जिकिर गरे। ललितपुरको बालकुमारीमा भएको गोली काण्डको भर्त्सना गर्दै नगर सभापति सापकोटाले पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने काम भएकोमा आक्रोश व्यक्त गरेका हुन्।

बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका २ जना युवाको न्यायको लागि र देशमा भएका ठूला ठूला भ्रष्टाचार र बेथितिका काण्डबारे सरकारसँग प्रश्न गर्न विरोध प्रदर्शन गरिएको उनले जानकारी दिए।

सरकारको आडमा भएका विभिन्न भ्रष्टाचार र काण्डको विरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको उनको भनाई छ।

चन्द्रनिगाहपुर चोकमा लामबद्ध भएर एक घण्टा गरिएको विरोध प्रदर्शनमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला अगाडि काण्डहरुबारे प्रश्न लेखिएका प्लेकार्ड राखेर विरोध प्रदर्शन गरिएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर