Aamsanchar

पर्यटनकालागि पश्चिम दाङ गन्तब्य बनाउने मेरो योजना छ : मन्त्री मास्की

Author Image
मङ्गलवार, पौष १७, २०८०

तुलसीपुर ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले पश्चिम दाङलाई पर्यटनको गन्तब्य बनाउने बताएका छन् । हापुरेमा लागेको महोत्सवलाई सोमबार समापन गर्दै उनले पश्चिम महोत्सव पर्यटन प्रचारको माध्याम बन्नुपर्ने भन्दै उनले यस्तो बताए । उनले पुरन्धारा झरनालाई ब्यापाक प्रचार गर्न यस्ता महोत्सवले भूमिका खेल्नु पर्ने बताए । सोही झरनाकालागि चालु बर्षमा डीपीआर अनुसार संरचना निर्माणकालागि एक करोड बजेट बिनियोजन गरेको मन्त्री मास्कीले बताए । साथै प्रदेश सरकारबाटै झरना नजिकै रहेको बबईमा ¥याफ्टिङकालागि २० लाख, बञ्जिजम्प र क्यानोयिङको सम्भाब्यता अध्ययनकालागि २० लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

साथै पश्चिम दाङमा शान्तिवार्ता भएको स्थान भएकाले पनि पर्यटकीय गन्तब्यका हिसाबले उत्तम भएको बताए । मन्त्री मास्कीले धागे छहरा, पश्चिमका डाँडाकाडाले पनि पर्यटकलाई लोभ्याउने उनको भनाई थियो । यस्ता कुराहरुलाई महोत्सवले प्रबद्र्धन गर्न तर्फ ध्यान दिनुपर्ने उनले बताए । आफू मन्त्री भएलगतै मुख्यमन्त्रीसहित पुरन्धारा झरनाको अवलोकन पनि गरेको भन्दै यो क्षेत्रमा पर्यटक भित्र्याउनकालागि आफूले जोडबल गरेको समेत बताए । पर्यटक भित्रिएमा आर्थिक बृद्धि हुने र पश्चिम दाङको विकास हुने मन्त्री मास्कीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर