Aamsanchar

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ मा केटाहरूको रुने ठाउँ विषय

Author Image
मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ नेपालमा युुवट्वको ट्रेन्डिङमा पुगेको छ । सोमबार प्रिमियर भएको यो गीतलाई एक दिनमा ६ लाख ६२ हजार पटक हेरिएको छ । सपुतकै संगीत रहेको गीतमा उनी र कुसुम शर्मा फिचर्ड छन् ।

सोमबार प्रकाश सपूत युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। 

गीतमा चोखो माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति नहुने भाव व्यक्त गरिएको छ। गीतको भिडिओमा प्रकाश सपूत र कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ। 

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई प्रकाश स्वयंले निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 101

प्रतिक्रिया (०)