Aamsanchar

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

Author Image
बिहिवार, पौष १९, २०८०

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश मन्त्री एस। जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनी पौडेललाई भेट्न शीतल निवासमा पुगेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।

राष्ट्रपतिले कृषि,ऊर्जा शक्ति,पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर