Aamsanchar

गाउँमा रहने प्राय आमाबुवाको वर्तमान कथा (भिडियो) ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक

Author Image
आइतवार, पौष २२, २०८०

काठमाडौं । नारद पोखरेलको शब्दरचना, चित्रकार एवं सङ्गीतकार ज्योतिप्रकाशको सङ्गीत तथा मेलोडी सुल्तानको उपनामले परिचित गायक शिशिर योगीको स्वरमा रहेको गीत ‘नजाने भो हाम्रो दुःख’ को भिडिओ सार्वजनिक भएको छ ।

अग्रज गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा दुईदिन अघि राजधानीमा आयोजित एक समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो । नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको सो गीतको मिक्सिङरमाष्टरिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

मुलुकको समसामयिक अवस्थाको यथार्थ चित्रण गरिएको यो म्युजिक भिडिओमा ‘दारी बा’ को उपनामले चर्चित कलाकार सुरवीर पण्डीत र कलाकार रश्मी भट्टले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने राजानन्द मन्डव्य लगायतका कलाकारहरूलाई सहायक भूमिकामा देख्न सकिन्छ ।

दीपेन्द्र प्रकाश केसी को निर्देशनमा छायाङ्कन भएको यस  भिडिओमा गोविन्द अन्जानको सिनेमाटोग्राफी र कल्पेश विश्वकर्माको सम्पादन रहेको  छ । सविना र नारद पोखरेलको लगानीमा निर्माण भएको यस भिडिओको पोष्ट प्रोडक्सनको काम आरब प्रोडक्सनले गरेको हो ।

भिडियो हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर