Aamsanchar

खाना खाएपछि अघाए जस्तै महसुस गराउने चक्की आविश्कार 

Author Image
आइतवार, पौष २२, २०८०

विश्वमा विभिन्न प्रकारको नयाँ नयाँ अध्ययन र आविश्कार भईरहेको वेला एमआईटीका अनुसन्धाताहरूले अघाएको महसुस गराउने चक्की बनाएका छन् । प्रयोगकर्ताको पेटको ग्याष्ट्रिक तरलसँग सम्पर्कमा आउने बित्तिकै यो हाई टेक चक्कीले भाइब्रेट गर्न थाल्ने अनि अघाएको आभास गराउने समाचारमा उल्लेख छ । 

यो चक्कीको नाम भाइब्रेटिङ इन्जेष्टिबल बायोइलेक्ट्रिक स्टीमुलेटर अर्थात् भाइब्स राखिएको छ । यो चक्की हालै मात्र सार्वजनिक गरिएको हो । यसलाई सञ्चार माध्यमहरूले भविष्यमा तौल कम गर्ने अचूक उपाय बताइरहेका छन् । यो चक्कीलाई मानवमा परीक्षण गर्न बाँकी नै छ । भाइब्स जडान गरिएको सुँगुरहरूले स्मार्ट पिल नभएको तुलनामा ४० प्रतिशत कम खानेकुरा खाएका थिए ।

यो चक्कीले पेटमा खानेकुरा टम्म भएको आभास गराउँछ । यसले हामीलाई टन्न अघाएको महसुस गराउने हर्मोन अर्थात् हाइपोथाल्मसको स्तर बढाउने बताइएको छ  । यो चक्की खाना खानु अघि २० देखि ३० मिनेट अघि खानु पर्छ । यो चक्की भिटामिनको क्याप्सुल जत्रै छ । यो चक्की ब्याट्रीबाट चल्छ । मोटोपनाबाट ग्रसित बिरामीहरूको उपचारमा यो चक्की निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

तर बिरामीका लागि यो चक्की उपलब्ध गराउनु अघि यसले प्रयोगकर्तामा पार्ने मानसिक असरबारे भने थप अध्ययन हुन जरुरी भएको बताइएको छ । मानवमा यसको परीक्षणका लागि अनुसन्धानकर्ताहरूले चक्कीको उत्पादन बढाउने तरिकाहरू सोच्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)