Aamsanchar

युएईमा तमु ल्होसार सम्पन्न

Author Image
मङ्गलवार, पौष २४, २०८०

युएइ । तमुहरु (गुरुङ) को मौलिक पर्व एवं राष्ट्रिय पर्व तमु ल्होसार “मुप्री ल्हो तमु ल्होसार विशेष कार्यक्रम युएइमा सम्पन्न भएको छ । तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईकोे संयुक्त आयोजनामा आयोजित ल्होसार कार्यक्रम आज विधिवत रुपमा सम्पन्न भएको हो ।

मुक्ति टु क्लेप्री तमुको अध्यक्षता आयोजित कार्यक्रममा युरिइका लागि नेपाली राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

विभिद साँस्कृतिक कार्यक्रम सहित आयोजना भएको ल्होसारमा कार्यक्रममा तमु समाज युएईका अध्यक्ष नन्दजङ्ग तमुले स्वागत गरेका थिए । कार्यक्रममा ग्लोबल एन आरएनएका अध्यक्ष पासाङ शेर्पा र प्रमुख अतिथि राजदुत क्षेत्रीलयागतले शुभकामना मन्तव्य राखेका थिए ।

हि-ल्हो (बिरालो वर्ग) लाई बिदाइ तथा मुप्री ल्हो (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान झल्कने बिशेष सांस्कृतिक झांकी कार्यक्रम प्रस्तुत गरिएको थियो भने कार्यक्रममा अतिथि कलाकार गायक चिज गुरुङ र गायिका जालुमाया गुरुङ र स्थानिय कलाकारहरुको प्रस्तुती रहेको पासाङ शेर्पाले जानकारी दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पन्दाक लिन्बु, ग्लोबल एनआरएनए एनसिसि का अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका प्रमुख संरक्षक पासाङ शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईमा आबद्ध जातिय संस्था, जिल्लागत संघ सस्थाका अध्यक्ष, प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

दुई चरणमा सम्पन्न कार्यक्रमको औपचारिक कार्यक्रम तमु समाज युएईका महासचिव एवम् नेपाल आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष राजु मिलु तमु र तमु प्ये ल्हु संघ युएईका बिष्णु तमुस्योले कार्यक्रमको संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रम तमु समाज युएईका सल्लाहकार शिव जङ्ग तमु र सल्लाहकार ईन्द्र तमुले संचालन गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर