Aamsanchar

त्रिऋण गङ्गा मोक्षधाम विकासका लागि श्रम अभियानमा जोडिए सांसद शर्मा

Author Image
शनिवार, पौष २८, २०८०

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १ पाटापुरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल त्रिऋण गङ्गा मोक्षधाम को विकास तथा प्रर्वद्धन गर्ने अभियान अन्तरगत सुरु भएको श्रमबार अभियानको चौथौ श्रमबार अर्थात आज (शनिवार)  झापा क्षेत्र नं. १ का सांसद र तथा नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीयरहेको साथमा श्रमदान गरेका छ ।

देविस्थान छिरिङखोपमा आयोजना भएको श्रम अभियानमा नेता शर्मासहित दर्जनौँ स्थानीहरुले श्रम दान गरेका छन ।

सांसद र तथा नेपाली कांग्रेस पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा ।

पाटापुर क्षेत्रमा अलौकिक बस्तुहरू भेटिन थालेपछि सो क्षेत्रलाई मोक्ष धामको रुपमा विकास गर्न स्थानीहरू जुटेका छन् । स्थानीयको उत्साहमा हौसला थप्न आफू पनि श्रम अभियानमा जोडिएको नेता शर्माले बताए । उनले थप्दै भने ‘तिरिङ खोलाको किनारमा अवस्थित विशाल बटवृक्ष र त्यसको ५ सय मिटर दक्षिणमा अवस्थित नागदेवको प्रतिमाले यस क्षेत्रको पहिचान बदल्ने छ ।’

मोक्षधाम निर्माणको लागि स्थानीय हरु एक जुट भएसँगै समिति निर्माण गरेर अघि बढेका छन् । वृहत धार्मिक क्षेत्र तथा मोक्ष धाम निर्माणको लागि स्थानीय सञ्जय निरौलाको अध्यक्षतामा त्रिऋण गङ्गा धाम समिति निर्माण गरि डिपिआरको काम समेत अघि बढाएको र आर्थिक श्रोतको लागि स्थानीय प्रदेश र संघीय सरकारसँग छलफल सुरु गरिएको समितिका अध्यक्ष निरौलाले बताए ।

समितिले सो कामको लागि २१ बुँदे कार्ययोजना समेत बनाएको छ । अवधारणामा समितिले तृऋण गङ्गा र मेची खोलाको संगम स्थललाई मोक्ष घाटको रुपमा विकास गर्ने योजना अघिसारेको छ । हालको तिरिङ नदी प्राचीन कालमा तृऋण गङ्गाको नामले परिचित थियो पछि अपभ्रम्स भएर यसको नाम तिरिङ भन्न थालिएको र अव तृऋण गङ्गाकै नाम स्थापित गर्नु पर्ने अध्यक्ष निरौलाले बताए । तृऋण अर्थात तिरिङ र मेची नदीको संगम स्थलमा पहिलेदेखिनै दाहसंस्कार गरिँदै आएको थियो, उनले भने,‘ हामीले यसलाई व्यवस्थित गरेर मोक्ष घाटको रुपमा विकास गर्ने छौं ।’ सो क्षेत्रमा शव दहन स्थल, पितृ स्तम्भ र मलामी घर निर्माण गरिने भएको छ ।

नागदेवको बासस्थान भएको स्थानमा हरेक वर्ष नाग पञ्चमीको दिन ठूलो सङ्ख्यामा मानिसहरू भेला भएर पुजा अर्चना गर्ने, दूध चढाउने परम्परा छ । यहाँ धान रोप्ने समयमा गोबरको कुण्ड बनाएर रोपो चढाउने समेत गरिन्छ । यहाँका मानिसहरूमा नागदेवको प्रति असिम आस्था छ । नागदेवको बास भएको ठाउँमा समितिले ठूलो पोखरी निर्माण गरेर शेष नागमा सुतिरहनु भएका भगवान विष्णुको आकृति निर्माण गरेर त्यसको वरिपरि पदमार्ग निर्माण गर्ने योजना समितिले अघि सारेको छ ।

पोखरीदेखि सिंहदेवी सम्मको दूरीमा पदमार्ग बनाउने र मोक्ष घाटदेखि कृष्ण थुम्की सम्म ५ किमिको सडक निर्माण गर्ने गरि कार्ययोजना अघि सारिएको अध्यक्ष निरौलाले बताए ।

निरौलाका अनुसार मोक्ष धामदेखि कृष्णथुम्की सम्मको क्षेत्रमा गणेशको तथा भगवान विष्णुका १० अवतारका मन्दिर निर्माण गरिने छ । उनले भने हामी ५ किमि सडको आसपास भगवान विष्णुका १० अवतारका मन्दिर बनाउने छौं, मत्स्य अवतार , कूर्म अवतार, बराह अवतार, नरंसिंह अवतार, वामन अवतार, पर्शुराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध र कल्की अवतार समेतको मुत्री स्थापना गरिने छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर