Aamsanchar

९० वर्षको उमेरमा पनि इतिहासको चिन्ता, कनकाईका हरिध्वजले तेस्रो किताब नेपाल नेवारी प्रकाशन गर्ने

Author Image
बिहिवार, माघ ४, २०८०

कनकाई । भावी पुस्ताको लागि नेपालको अर्थ जनित नाम–नामेसी गरिएको नेपालका गाविसहरूको नामाकरण कसरी भएको थियो भन्ने बारे खोजमूलक कृति त्यसैगरी पृथ्वीनारायण शाहले उद्घोष गरेको चार जात छत्तीस वर्ण अन्तरगत रहेको १२५ जातीहरू मध्ये ९२ वटा जातीको उदगम थाक थलो र नामकरणका तथ्यहरू समेटिएको नेपाल मण्डल किताब प्रकाशन गराई सकेका झापा कनकाई नगरपालिका ७ दुर्गापुरका खोजकर्ता लेखक हरिध्वज खत्री तिमिल्सिनाले नेपालको इतिहास सँग जोडिएको नेवारी समुदायको सम्पूर्ण इतिहास समेटिएको अर्को किताब नेपाल नेवारी प्रकाशनमा ल्याउने भएका छन् ।

किताब प्रकाशनको पूर्व सन्ध्यामा आज आफ्नै निजी निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अब छिट्टै नेपाल नेवारी किताब प्रकाश गर्ने लेखक खत्रीले बताए ।
अघिल्ला दुई किताब दस/दस वर्ष समय लगाएर लेखेको बताएका खत्रीले नेपाल नेवार दुई वर्षको अध्ययन खोज अनुसन्धान गरेर लेखेको बताएका छन् ।

खत्रीले नीप+आलय, नीपालय, नीपाल हुँदै देशको नाम नेपाल रहन गएको तथ्य पस्केका छन् ।   नेपाल  नामक किताबको औपचारिक विमोचन गरेका खत्रीले  नेपाल मण्डल २०७८ सालमा प्रकाशित भएपनि विमोचन भने नभएको बताए  । नेपाल मण्डल र नयाँ किताब नेपाल नेवारीलाई एकै साथ विमोचन गर्ने खत्रीले बताएका छन् । उनले राम्रो कुनै संस्थाको संयोजनमा किताब विमोचन गराउने इच्छा राखेका छन् ।
नेपाल र नेपालीको लागि गहकिलो किताब लेखे तर किताबको सही मुल्याङकन र पाठकहरू सँग पुग्न नसक्दा आफ्नो नयाँ पुस्तालाई इतिहासको बारेमा जानकारी दिने इच्छा पूर्ण रुपमा पुरा नभएकोमा दुःख मान्दै पत्रकार भेटघाटका क्रममा लेखक खत्रीले  मनको कुरा पोखेका छन् ।

किताब हरेक स्थानीय तह र विद्यालयको पुस्तकालयको लागि उपयुक्त रहेको छ । तर पुस्तकको बारेमा पर्याप्त जानकारी गराउन नसकेकोले अब कुनै संस्थाले किताब बिक्रीको जिम्मा लिए संस्थाको हित हुने गरि किताब बिक्रीको अधिकार सुम्पने सोचमा आफू रहेको खत्रीले बताएका छन् ।

उमेरले एक शताव्दी पुग्न लागेका ९० वर्षीय खत्रीमा अझै पनि नेपाल र नेपालीको बारे इतिहासको चिनो स्वरूपको किताब प्रकाशको अर्को तयारी गरिरहेका छन् । पुस्तक प्रकाशनमा करिब १० लाख रुपैयाँ खर्च भई सकेको उनले बताए ।

लेखक खत्री कुराकानी को क्रममा भनछन । फलाना ठाउँको नाम यस कारण रहेको हो । यो जातिको नाम यसरी रहेको हो, उदाहरण सहित कुरा गर्दा सबै कुराहरू प्रमाणित ठहरिन्छन् । जाति र ठाउँको इतिहास बुझ्न चाहने हरूलाई नालीबेली विस्तारमा सुनाउँछन् खत्री ।

नेपाली नयाँ पुस्तामा किताब पढ्ने संस्कार क्रमश हराउँदै गएकोले अब आफ्ना कृतिहरू डिजिटल माध्यमबाट पनि पाठक समक्ष पुराउने खत्रीको योजना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 97

प्रतिक्रिया (०)