Aamsanchar

चेप्टी पार्कमा वनभोजका लागि निशुल्क स्थान, कोशी पारीबाट वनभोज खान आउनेको संख्या धेरै 

Author Image
शुक्रवार, माघ ५, २०८०

बिर्तामोड । नेपालमै वृहत परियोजनासहित सञ्चालनमा आएको इलाम माइनगरपालिका–४ स्थित चेप्टी पार्कमा वनभोज खान जानेहरूको संख्या विगतको वर्षहरू भन्दा यस वर्ष धेरै रहेको छ ।
चेप्टी पार्क व्यवस्थापन पक्षले पार्क क्षेत्रमा बनभोजका लागि निशुल्क स्थान उपलब्ध हुनु र फरक र रमणीय स्थलको अवलोकन पनि गर्न पाइने भएकाले यस सिजनमा वनभोजका लागि विभिन्न विद्यालय, संघ संस्थाहरूको समूह चेप्टी पार्क पुग्ने गरेका हुन ।
चेप्टी पार्कमा झापा, मोरङ, सुनसरी र मधेश प्रदेशका जिल्लावासीहरू धेरै वनभोज खान आउने गरेको चेप्टी पार्कका सञ्चालक दिनेश शिवाकोटीले बताए ।

त्यस्तै चेप्टी पार्कमा भारतको विहार राज्य, पश्चिम बंगाल प्रान्तका नागरिकहरू पनि आउने संख्या यस वर्ष वृद्धि भएको शिवाकोटीको भनाई छ ।

विगतको वर्षमा बाटोको कारणले अलि विकट रहेको चेप्टी पार्क अहिले दुर्गापुरबाट पक्की सडक माई नगर पालिको शुक्रबारे सम्म जोडिनु र त्यहाँ देखि करिव ५ किलो मिटरको कच्ची बाटो पनि स्तर उन्नति भएकोले चेप्टी पुग्ने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको हो ।

हरेक वर्ष आगन्तुक पर्यटकहरूलाई केही न केही नयाँ पन देखाउन लागि पर्दै आएको चेप्टी पार्क व्यवस्थापनले यस वर्ष रुखको आकारमा बनाएको भ्युटावरले पर्यटकहरूलाई आर्कशित बनाउने गरेको छ । त्यसैगरी चेप्टी पार्कलाई प्राकृतिक पार्कको रुपमा विकास गर्दै लैजाने योजना अनुसार यतिबेला थप सयौँ प्रजातिका फूल र तिरुवाहरू रोपन गरिएको छ ।

विशेष गरेर शुक्रबार र शनिवार चेप्टी पार्कमा पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । चेप्टीमा जिपलाइन सञ्चालनको तयारी पनि गरिएको छ ।

दुर्गापुर देखि ४ किलो मिटर उत्तरमा रहेको दहीझोडा सामुदायिक वन देखि यात्रा रमणीय रहन्छ । जङ्गलको बिचमा बनेको कालोपत्रेले महेन्द्र राजमार्गबाट करिव ४५ मिनेटमै चेप्टी पार्क सम्म पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर