Aamsanchar

क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको लिङदेनकाे आरोप

Author Image
मङ्गलवार, माघ ९, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन क्षेत्री र हिन्दु भन्नेहरु नै रहेको आरोप लगाउनु भयो । धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने भन्दै उहाँले चुनावमा हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

लिङ्देनले नेपालमा धर्म निरपेक्ष बनाउन माओवादी भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनुभयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर