Aamsanchar

जनमत बाहिरिए पनि मधेश प्रदेशका मुख्मन्त्रीलाई बहुमत कायमै

Author Image
बुधवार, माघ १०, २०८०

काठमाण्डौ – मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । तर जनता समाजवादी पार्टी, जसपाबाट मुख्यमन्त्री भएका सरोज यादवलाई बहुमत कायमै छ । हिजो जनमत पार्टीबाट मन्त्री भएका दुुईजनाले पदबाट राजीनामा दिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।

जनमत पार्टीका १३ सांसदको मात्र समर्थन फिर्ता भएको हो । पछिल्लो समय मधेशमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ । केन्द्रमा पनि सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत पार्टी असन्तुष्ट भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर