Aamsanchar

पाकिस्तान विरूद्ध टस जितेकाे नेपाल ब्याटिङ गर्दै

Author Image
बुधवार, माघ १०, २०८०

काठमाडौं – आइसिसी यु–१९ विश्वकपमा टस जितेर नेपालले ब्याटिङ रोजेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानलाई नेपालका कप्तान देव खनालले बलिङको निम्तो दिएका हुन्।

नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछ। पहिलो खेलमा न्यूजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो। त्यसैगरी पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो। एसीसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)