Aamsanchar

झापाको कनकाईमा जापानिज शैलीका घरसहित चीनको जस्तो धनी कृषि गाउँ बन्न सुरु

Author Image
बुधवार, माघ १०, २०८०

 

पार्क निर्माणको काम थालनी हुदै ।

कनकाई । झापाको कनकाई नगरपालिका सुरुंंगा स्थित  हेप्पी ल्याण्ड पार्क छेउमा  जापानिज शैलीका घर,  चीनको जस्तो कृषि गाउँ बन्ने भएको छ ।
एग्रो पार्कको अवधारणमा १७ बिघा क्षेत्रफलमा निर्माणको काम सुरु भएको छ । उक्त क्षेत्रफलमा गार्डन अफ ड्रिम्स एग्रो प्रालिले एग्रो पार्क निर्माण सुरु गरेको हो । कम्पनीका अनुसार समयक्रम सँगै क्षेत्र विस्तार गर्दै लैजाने बताइएको छ ।

सुरुंगा बजार देखि करिव २ किलो मिटर दूरीमा रहेको उक्त स्थानमा ५–५ कठ्ठा जमिनमा पहिलो चरणमा जापानिज शैलीका १० वटा घर सहित उदाहरणको लागि चीनको जियाङसु प्रान्तमा रहेको हुआक्सी गाउँको जस्तो धनी कृषकहरू बस्ने गाउँको अवधारणा अनुसार सुरुंगामा एग्रो पार्कको परिकल्पना गरेको, हरेक घरमा बस्ने परिवारले आफ्नो बारीमा तरकारी, फलफूल खेती गर्नु पर्ने हुन्छ । एकै किसिममा बनाइने घर, बगैंचा र विभिन्न कृषि सँग सम्बन्धित योजनाहरू निर्माण गरिने गार्डन अफ ड्रिम्स एग्रो प्राइभेट लिमिटेडका सञ्चालक दिनेश शिवाकोटीले आमसंचारलाई बताए ।

पार्क निर्माण स्थलबाट देखिने हेप्पी ल्याण्ड पार्क ।

सुरुंगाको हेप्पी ल्याण्ड, इलाम माई नगरपालिकामा हेप्पी ड्रिम्स चेप्टी पार्क सञ्चलन गरिसकेका शिवाकोटीले पूर्वमै नमुना सुविधा युक्त ग्रामीण बस्तीको निर्माण गर्न लागेका हुन ।

मनोरञ्जन पार्क निर्माण गरेर लाखौं पर्यटकहरूलाई आर्कशित पार्दै आएका सञ्चालक शिवाकोटीले आगामी बैशाख सम्ममा एग्रो टुरिजमको प्रारम्भिक पूर्वाधार निर्माण गरिसक्ने बताए ।
पर्यटन क्षेत्रको गुरुयोजनाकारका रुपमा चिनिएका शिवाकोटीले सुरु गरेको एग्रो पार्क कोशी प्रदेश र कनकाई नगरका लागि थप एक पर्यटकीय गन्तव्य बन्ने भएको छ ।

कम्पनीले हाल ५ कठ्ठा जमिन सहितको मूल्य भने निर्धारण गरि सकेको छैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
2
+1
2
+1
0
+1
1
+1
0
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर