Aamsanchar

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे मतदान

Author Image
बिहिवार, माघ ११, २०८०

विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मतदान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनले मतदान गरेका हुन् ।

निर्वाचन आयोगले बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

निर्वाचनमा यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की, नेकपा (एमाले)की रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उद्धव पौडेल चुनावी मैदानमा छन् ।

राप्रपा र एमालेले एकार्कालाई सघाउने निर्णय गरेका छन् । एमालेले आफ्ना उमेदवार पर्शुराम अधिकारीलाइ निष्क्रिय गराई राप्रपालाई सघाउने सहमति गरेको हो ।

मतदानपश्चात् आजै मतगणना गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर