Aamsanchar

मधेशमा आजपाको बन्दका बीच मतदान जारी

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा पनि मतदान जारी छ। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले गरेको मधेश प्रदेश बन्दको बीच यहाँ मतदान जारी रहेको हो।

पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेश बन्द घोषणा गरेको हो।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनमा अन्य समूहतर्फ नेपाली काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना, जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी त्यस्तै नेकपा ९एमाले० बाट अन्यमा कुमारी विजेता झा (धनुषा) छन्। त्यस्तै जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा) ले पनि उम्मेदवारी दिएका छन्।

हिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा)र गठबन्धनमा जनता समाजवादी पार्टी, नेपालबाट पूजा चौधरी (रौतहट)को उम्मेदवारी परेको छ। प्रदेश सभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कुल मतभार १० हजार सात सय ४४ रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर