Aamsanchar

हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

Author Image
बिहिवार, माघ ११, २०८०

विराटनगर – कार्यव्यस्तता देखाउँदै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

“म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले बाह्रखरीसित भने ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कोसी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार, १३७ स्थानीय तहतर्फका १० जनाले मतदान गर्न बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर