Aamsanchar

कोशी प्रदेश: राष्ट्रियसभा निर्वाचनमा सिटौला विजयी

Author Image
बिहिवार, माघ ११, २०८०

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन्।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धले कोशीबाट उम्मेदवार बनाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर