Aamsanchar

थप ३ हजार राष्ट्रिय शहीद घोषणा हुने प्रधानमन्त्रीको भनाइ

Author Image
शनिवार, माघ १३, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहीद घोषणा गर्ने कुरा सरकारको प्राथमकितामा रहेको बताएका छन्।

शहीद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छुट भएका ३ हजार जनालाई छिट्टै शहीद घोषणा गरिने बताए।

‘१५–१६ वर्षअघि घोषणा गरिएका शहिदहरुले औपचारिक रुपमा राष्ट्रिय दर्जा पाउन सकेनन् । किनभने औपचारिक ढंगले दर्ता नगरिएको र राजपत्रमा प्रकाशित नगरिएकाले राष्ट्रिय सम्मान प्राप्त गर्नबाट हाम्रा हजारौं शहिदहरु वञ्चित भए।’ उनले भने,‘मैले यो पटक त्यो अधुरो कामलाई पूरा गर्नै पर्छ भन्ने संकल्प लिएका हुनाले उनीहरूलाई राष्ट्रिय शहीदको सम्मान गर्ने कार्य पूरा भएको छ। झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ । गृह मन्त्रालयबाट प्रमाणीकरण भइसकेको छ । र अब राजपत्रमा प्रकाशित गर्न अगाडि बढिसकेको छ।’

उनले अझै कोही छुटेका भए त्यसलाई पनि लिस्टिङ गर्ने काम भइरहेको भन्दै प्रचण्डले त्यसलाई पनि राष्ट्रिय शहीद घोषणा गर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर