Aamsanchar

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने प्रधानमन्त्रीको भनाइ

Author Image
आइतवार, माघ १४, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कूलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवा सरल,सहज हुनुपर्ने बताउँदै सेवा आम नागरिकको पहुँचयोग्य,उच्चतम प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले दूरदराजसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार हुनेगरी पूर्वाधार निर्माण,जनशक्ति उत्पादन,सेवा प्रवाह र गुणस्तर अभिवृद्धिमा जोड दिन आग्रह गरे।

 

स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्रीले भने,´राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमूना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।`

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरे।

आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर