Aamsanchar

सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

Author Image
मङ्गलवार, माघ १६, २०८०

धनगढी- सुदुरपस्चिम सामाजिक विकासमन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन्। बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्।

मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन् । धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले पनि उजुरी आएको स्वीकार गरे । ‘मन्त्रीज्यूविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको छ । के भएको रहेछ, दुवै पक्ष बोलाउने तयारी भइरहेको छ,चन्दले भने ।तर, सामाजिक विकास मन्त्री साउदले भने आफ्नो कुनै लेनदेन नभएको बताए ।

‘त्यसो त केही थिएन, किन दिएछ,पछि कुरा गरौँला,`मन्त्री साउदले  भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर