Aamsanchar

संघीय संसदका कार्यवाहक महासचिवमा पाण्डे

Author Image
मङ्गलवार, माघ २३, २०८०

काठमाडौं – संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्दै संघीय संसदको महासचिव नियुक्त गरेका हुन्।

संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले झन्डै दुई महिनाअघि नै पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरे पनि राष्ट्रपति पौडेलले बल्ल नियुक्तिको निर्णय गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर