Aamsanchar

रुसमा अलपत्र परेका नेपालहरूको उद्दारमा सरकार असफल भएको थापाको भनाइ

Author Image
बुधवार, माघ २४, २०८०

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले रुसमा अलपत्र परेका नेपालहरूको उद्दारमा सरकार असफल भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले रुसमा अलपत्र परेका नेपाली युवाहरूलाई स्वदेश फर्काउन सरकारले गरेका प्रयास अपुग भन्दै थप काम गर्नुपर्ने बताएका हुन्।

उनले नेपाली युवालाई रुस पुर्‍याएर अलपत्र पार्ने ठगहरूलाई छोड्न नहुने बताए। थापाले भने,”रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयसा अपुग भए। यसमा थप प्रयास ( एउटाले दण्ड पाउनुपर्छ। त्यसका लागि राज्यले सम्पूर्ण तागत लगाउनुपर्छ।”

नेता थापाले रुसमा अलपत्र परेका वीपीन जोशीको अवस्थाबारे सरकारले जानकारी गराउनुपर्ने माग राखे। नेपाली कांग्रेस महामन्त्री समेत रहेका थापाले राजनीतिक दलप्रति जनताको भरोसा टुट्दै गएको बताए।

 

राजनीतिक दलप्रति मात्रै नभइ अड्डा,अदालत, प्रहरी,प्रशासनलगायत संस्थाप्रति जनताको भरोसा मर्दै गएको उनको भनाइ छ। “अड्डा,अदालत,बैंक, प्रहरी, प्रशासन, वित्तीय संस्थाहरूप्रति पनि विश्वास गुम्दै गएको छ। यो डर लाग्दो छ। यो विश्वासलाई पुनर्स्थापित गर्नुपर्छ । यसलाई बचाउन सकिएन भने हामी सबैले गुमाउनुपर्ने अवस्था आउनसक्छ।”

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर