![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/kader-karki.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धरान । मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको विरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन पछि उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्ष संवाद, टोलहरू सहरमा परिणत भइरहेको, बिहान र बेलुकाको छाक टार्न धौ धौ भइरहेकाको छोराछोरी गाउँबाट सहरमा, टुकीको उज्यालोमा बस्ने विजुली बत्तीमा बसेको, काठमाडौंका साथै युरोपमा पढ्न पाएको अवस्थामा पुग्दा पनि विकास भएन भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
‘राजनीतिक नियुक्ति नपाउँदा र सरकारमा आफ्नो अनुहार नदेखेपछि विकास भएन भन्न मिल्छ ? विकासलाई व्यक्तिको स्वार्थसँग जोडेर हेर्न मिल्छ ?,’ मुख्यमन्त्री कार्कीले भने, ‘आम नागरिकको विकास भएकै छ । समग्र समाजलाई फाइदा पुग्ने विकासशील काम भएकै छ र भई नै रहेको छ । कोशी प्रदेश सरकारले सडकमा दौडिरहेको विकासलाई घर हुँदै गर्भसम्म नै पुर्याएको छ अनि पनि विकास भएन भन्न मिल्छ रु’ कोशी प्रदेश सरकारले प्रदेशवासीलाई कसरी सरकारको कामले छुन्छ भनेर फरक तरिकाले अघि बढेको उनले बताएका हुन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
‘नेताहरूको भाषण मात्रै गर्ने तर त्यो पूरा नगर्ने प्रवृत्तिले सर्वसाधारणमा निराशा छ तर विकास भएकै छ,’ उनले भने, ‘त्यसैले नेताले जे बोल्छ त्यो पुर्याउनु पर्छ र त्यो प्रदेश सरकारले सुरु गरेको छ ।’ जनताले हाम्रो लागि सोचेर काम गर भनेर नै भोट दिएर नेतालाई जिताएर पठाएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
‘प्रदेश सरकारले कोशीमा पैसा नभएपछि पढ्न नपाइने अवस्थाको अन्त्य गर्न विपन्न गरिबका छोराछोरीलाई निःशुल्क पढ्न छात्रवृत्ति ल्याएर काम गर्न सुरु गरिसकेको अवस्थामा विकास भएन भन्न मिल्छ रु,’ उनले भने, ‘आफ्ना छोराछोरीलाई वेवारिसे छोडेर अर्काकाको छोराछोरीलाई खोप खुवाउनुका साथै स्वास्थ्य सेवा पु¥याउने महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई अहिलेसम्म कसैले हेरेको छ रु त्यसैले कोशी सरकारले पुरस्कृत गर्न र प्रोत्साहनका लागि बजेट ल्याएको छ ।’ भविष्यका स्वास्थ्य कर्णधार निर्माणका लागि १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार सुरु गरेर लोककल्याणकारी राज्यको अवधारणामा अघि बढिसक्दा पनि विकास भएन भन्ने हरूलाई कस्तो विकास चाहिएको भन्दै उनले प्रश्न गरेका थिए । सरकार र निजी क्षेत्र साझेदार नभई सिक्काको दुई पाटा भएकाले प्रदेश वासीलाई उद्यमी र व्यवसायी सरकारले बनाउन बजेट ल्याएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
‘कोशी सरकारले मुलुकमा पहिलो पटक २५ लाखभन्दा कमको योजना काटेर तीन तहको सरकारलाई आ–आफ्नो दायरामा बस्नुपर्ने अभियान सुरु गरेको छ,’ उनले भने, ‘अन्य प्रदेशले पनि २५ लाखमुनिका योजनामा बजेट निकाल्नुका साथै संघीय सरकारले ३ करोडभन्दा बढी लागतको योजनामात्रै ल्याउने घोषणा गरिसकेको छ ।’ सत्तापक्षले प्रतिपक्षलाई हेपने र प्रतिपक्षले सत्तापक्षलाई पेल्ने अवस्थाको कोशीमा अन्त्य गरी राजनीतिक स्थिरता कायम भएको मुख्यमन्त्री कार्कीले बताएका हुन् । सरकारको काम शान्ति सुरक्षा कायम गर्ने हो त्यो प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गरेर पूरा गरेकाले अब कुनै सांसदलाई डराएर घरमा बस्नु नपर्ने उनले सुनाए । प्रजातान्त्रिक विचार समाजलाई थिंकट्यांक को काम गरेर सरकारको फरक काम गर्ने अभियानमा हातेमालो गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।