Aamsanchar

भूमिकास्थानमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

Author Image
सोमवार, माघ २९, २०८०

अर्घाखाँची –अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो भएको गुनासो बढेपछि वडा कार्यालयबाटै भत्ता दिन थालिएको वडा अध्यक्ष गोपाल खनालले बताउनुभयो ।

वडा कार्यालयमै बैंकका कर्मचारीबाट भत्ता बुझ्न पाएपछि स्थानीय वृद्धवृद्धाहरु खुशी भएका छन् । गाडी चढेर घण्टौँ लाइनमा बसेर बैंकमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि सजिलो भएको वृद्धवृद्धाहरुले बताएका छन् । वडा कार्यालयबाट २ सय जनाभन्दा बढीले भत्ता बुझ्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर