Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक व्यवसायिक प्यानल खडा

Author Image
मङ्गलवार, फागुन १, २०८०

बिर्तामोड ।   बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यवसायीक प्यानल तर्फबाट उम्मेदवारको नाम घोषणा गरेको छ ।
नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायीक प्यानलले नेकपा (एकीकृत) सँगको सहकार्यमा  मंगलबार (आज) बिर्तामोडमा २१ वुद्धे घोषणा पत्रसहित उम्मेद्वार घोषणा गरेको हो ।
चुनाव प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेदवारहरूको नाम घोषणा गरेका थिए ।

लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाईँ, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल, सह–कोषाध्यक्ष तिलोतमा खत्रीको उम्मेद्वारी घोषणा गरिएको छ ।

त्यसैगरी  सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ ।

निर्वाचन परिचालन मूल समितिका संयोजक भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको उम्मेद्वार घोषणा कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, संघका वर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, कांग्रेस झापा सचिव कृष्ण हुमागाँई, कांग्रेस झापा कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, देवी मावि व्यवस्थापन समितिका अध्यक्ष आशिष बन लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन कुशल खतिवडाले गरेका थिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर