Aamsanchar

राजनीतिक दललाई आयोगले दियाे यस्तो १५ बुँदे निर्देशन

Author Image
बिहिवार, फागुन ३, २०८०

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूलाई सम्बोधन गर्दै १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै निर्देशन जारी गरेको हो ।

“राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने,” आयोगले दलहरूलाई निर्देशन दिएको छ ।

सम्पत्ति विवरण पेस नगर्ने पदाधिकारी र सदस्यको नाम त्यसरी सम्पत्ति विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र प्रकाशन गरी सोको जानकारी आयोगमा पठाउन पनि निर्देशनमा भनिएको छ ।

यस्तै, दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

आयोगले दलहरूलाई आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी तोकिएको ढाँचामा लेखा राख्न निर्देशन दिएको छ । लेखा राख्ने प्रयोजनको लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउर्ने समेत आयोगले जनाएको छ ।

साथै दलले आफ्नो आय र व्ययको वास्तविक हिसाब किताब देखिने गरी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

“आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गरी सोही मितिले एक महिनाभित्र सार्वजनिक गर्ने र सोको जानकारी आयोगमा पठाउने,” निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर