Aamsanchar

बिर्तामोडको होटल हेवन ग्राण्डमा कुन्ती मोक्तान सांगीतिक साँझ हुने 

Author Image
शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोड स्थित होटल हेवन ग्राण्डमा सांगीतिक क्षेत्रकी मूर्धन्य स्रष्टा कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ ।
यही फागुन ७ गते आयोजना हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था प्रमिश इन्टरटेनमेन्टका अध्यक्ष  केवल तामाङले जानकारी दिए ।

कला संस्कृतिको संरक्षण, उत्थान र स्रष्टाहरुलाई सम्मान अनि अवसर प्रदान गर्ने उद्देश्यले साँगीतिक साँझको आयोजना गरिएको अध्यक्ष तामाङले आमसंचारलाई बताए ।

२८६० औं सोनाम ल्होछारको अवसर परेर आयोजना गरिने साँगीतिक साँझमा तामाङ जातीको मौलिक सहित विभिन्न ७ प्रकारका परिकारहरू खुवाउने आयोजकको तयारी रहेको छ ।
विशिष्ट वर्गका श्रोता, ग्राहकहरूलाई होटलले टेबल रिजर्व गर्न सक्ने व्यवस्थापन मिलाउने भएको छ ।

टेबल रिजर्व गरेका श्रोता, ग्राहकहरूलाई खाना, स्न्याक्स र मदिरामा बियर र भोटका उपलब्ध गराउने होटल सञ्चालक उदेश भारतीले जानकारी दिए ।

इनटरनेशनल तामाङ कल्चरल फाउण्डेसन सहआयोजक रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका प्रवर्द्धक रहने भएको छ । पूर्वेली ढुवानी प्रा।लि. हिमाल भेराइटिज, होटल रुस्किन, वान स्टप महल र द स्यान्डविच प्वइन्टको विशेष सहयोग रहने प्रमिश इन्टरटेनमेन्टकी सचिव सुनिता तामाङले बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर