Aamsanchar

मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाद्वारा जारी सूचनामा उल्लेख छ।

जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिँदै गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो।
संघीय गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताएका छन्। १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा नै रहेका छन्।

वर्तमान समीकरणअनुसार चार दलका ६५ जनाको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ। मधेश प्रदेश सभामा एमालेको २३ सिट, कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट छ। सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीको ९ सिट छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर