Aamsanchar

नेपाल ए ले पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेल्दै

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाडौं – नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेल्दैछ।खेल नेपाली समय अनुसार विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन्। प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन्। नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो।

यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन्।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्। नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ। दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर