Aamsanchar

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउनेबारे छलफल

Author Image
सोमवार, फागुन ७, २०८०

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गएको पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । मन्त्री ज्वालालाई बर्खास्त गर्न नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरुले दबाब दिएका छन् ।

हिजोको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताउनुभएको छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको भन्दै मन्त्री ज्वालालाई कारबाहीका लागि समेत सिफारिस गरिसकेको छ ।

बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुुईजना युवाको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर