Aamsanchar

होटल हेभन ग्राण्डमा २८६०औँ सोनाम ल्होछार मनाइयो, चर्चित गायिका कुन्ती मोक्तानसहित तीन जना स्रष्टालाई सम्मान

Author Image
मङ्गलवार, फागुन ८, २०८०

बिर्तामोड । प्रमिस इन्टरटेनमेन्ट प्रालि र इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेसनद्वारा आयोजित २८६०औँ सोनाम ल्होछार कायएक्रमको अवसरमा चर्चित गायिका कुन्ती मोक्तानसहित तीन जना स्रष्टालाई सम्मान गरिएको छ । कुन्तीसँगै वरिष्ठ संगीतकार सिलाबहादुर मोक्तान र संगीत प्रशिक्षक कृष्ण योञ्जनलाई सम्मान गरिएको हो ।

हिजो आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुले सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप सम्मान गरिएको प्रमिस इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष केवल तामाङले बताए ।

कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र विशिष्ट अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्मानित व्यक्तित्वहरुलाई खदा र सम्मानपत्रले सम्मान गरेका थिए ।

बिर्तामोडको होटल हेभन ग्राण्डसँगको सहकार्यमा आयोजित कार्यक्रमको सांगीतिक व्यवस्थापन सनलाइट म्युजिक विद्यालयले गरेको थियो । कार्यक्रममा गायिका मोक्तानले माथि माथि शैलुङ्गेमा लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

प्रमिस इन्टरटेनमेन्टका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरु लाई इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेशनका वरिष्ठ उपाध्यक्ष तिलक योञ्जनले स्वागत गरेका थिए भने सचिव सुनिता तामाङले सञ्चालन गेरेकी थिइन । कार्यक्रममा सहभागिहरुलाई तामाङ परिकारसमेत खुवाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर