Aamsanchar

बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।

बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् ।

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर