Aamsanchar

राप्रपाले राजसंस्था पुनःस्थापनालगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझायाे

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनःस्थापनालगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका शीर्ष नेताहरू सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले थाहा खबरलाई जानकारी दिएका छन्।

भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमा भइरहँदा नेताहरु प्रधानमन्त्रीको कार्यालयर पुगेर ५२ सालमा माओवादीले राखेको जस्तै ४० बुँदे मागपत्र सरकारलाई बुझाएका हुन्।

ुमागपत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्डले सम्भावनाका विषय भएकाले कुनै प्रतिक्रिया छैन भन्नुभयो।ु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट फर्कने क्रममा लिङदेनले भने।

राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापनलगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् । यस्तै बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत माग राखी प्रदर्शन गरिएको छ । राप्रपाको प्रर्दशनलाई लक्षित गरी भृकृटीमण्डबदेखि सिंहदरबारसम्म सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

राप्रपाले आज देशभरका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर