Aamsanchar

बिर्तामोडमा यम बराल साँझ सांगीतिक कार्यक्रम आयोजना हुने

Author Image
बुधवार, फागुन ९, २०८०

बिर्तामोड । अर्जुनधारा नगर प्याब्सनले सार्वजनिक रुपमा सांगीतिक साँझ आयोजना गर्ने भएको छ । सांगीतिक क्षेत्रका एक स्थापित गायक यम बरालको प्रमुख प्रस्तुतीमा सांगीतिक साँझ’ आयोजना हुने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी दिएको हो ।

यही फागुन ११ गते बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने यम बराल सांगीतिक साँझमा लाइभ म्युजिकमा मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती रहने आयोजक संस्था अर्जुनधारा नगर प्याब्सन समितिका अध्यक्ष रुद्र सिटौलाले जानकारी दिए ।

प्याब्सन अर्जुनधारा सचिव राजेश आचार्यका अनुसार सोही कार्यक्रममा अर्जुनधारा निवासी फिफा रेफ्री श्याम दनुवार र गायिका मेनुका पौडेललाई अभिनन्दन गरिने छ ।
गायक बरालले शिक्षा र संगीत एक अर्काबीच परिपुरक रहेकाले निजी विद्यालयहरूको संस्था प्याब्सनले सांगीतिक कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको टिप्पणी गरे ।

कार्यक्रममा करिव दुई घण्टाको प्रस्तुति दिने गायक बरालले बताए । नाच्ने र सुन्ने दुबै गीत गाउने उनको भनाई रहेको छ । गिटारिस्ट विशाल बुढाथोकीको संयोजनमा हुन लागेको कार्यक्रममा बरालको २० वटासम्म गीत प्रस्तुत रहने छ ।

पत्रकार भेटघाट कार्यक्रममा प्याब्सन झापाका सदस्य सुमन शर्मा जमरकट्टेल, दीपेन्द्र सुब्बा, सल्लाहकार प्रभुकुमार श्रेष्ठ, प्याब्सन अर्जुनधारा नगर उपाध्यक्ष टीआर गौतम, कोषाध्यक्ष राजन वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

साँगीतिक साँझलाई विशेष, भव्य बनाउने तयारीमा जुटेको आयोजक अर्जुनधारा नगर प्याब्सनले प्रवेश शुल्क प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर