Aamsanchar

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न भट्टराईकाे माग

Author Image
शुक्रवार, फागुन ११, २०८०

फाेटाे: थाहाखबर

काठमाडौं – नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले बालकुमारी घटनामा छानविन आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष माग गरेका हुन्।

उनले छानविन आयोगले दिएको प्रतिवेदनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषि देखाएको भन्दै मन्त्री ज्वाला नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए। उनले फागुन ६ गतेको बैठकमा प्रधानमन्त्री स्वयम्ले संसदमा बोल्दै युवाहरुको हत्या भएको बताएको भन्दै हत्या भएको भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए।

उनले भने ‘प्रधानमन्त्रीले दुई जना युवाहरुको मृत्यु भएको सन्दर्भमा सामान्य मृत्यु भन्नुभएन। संसदको रेकर्डमा छ बालकुमारीमा दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले यो शब्द प्रयोग गर्नुभएको छ। यदि बालकुमारी घटनामा दुईजना युवाहरुको हत्या हो भने त्यो हत्या कसले गर्‍यो तरु कुनै नागरिक तहबाट एकअर्कामा झडप भएर हत्या भएको होइन। त्यो सुरक्षाकर्मीको गोलिबाट बालकुमारीमा दुईजना युवाको हत्या भएको छ। त्यसकारण यसमा सिंगो सरकार जिम्मेवार छ भन्नेकुरा हामी जोड दिएर भन्न चाहन्छौँ। भौतिक पूर्वाधार मन्त्रीजीको लापरबाही उहाँ जसरी त्यो बाटोमा जानुभयो। छानविन आयोगले मन्त्री दोषि छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा, फेरि पदमा बस्ने कुरा नैतिक हिसावले हुँदै हुँदैन।ु

उनले टेरामक्स प्रकरणमा तत्कालीन सञ्चार मन्त्रीको हैसियतमा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको संलग्नतामा अख्तियारले बयान लिएको भन्दै मन्त्री बस्नेत पदमा बहाल हुनेकुरा पनि स्वीकार नहुने बताए।

उनले लुम्बिनीस्थित रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको निर्णयको सम्बन्धमा पनि छानविन गर्न माग गरे। यी सबै विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उनको भनाइ छ।

सांसद भट्टराईले मिटरब्याजीहरु अहिलेको गठबन्धनसँग नजिकका मान्छे भएकाले सरकारले कारबाही नगरेको पनि आरोप लगाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर